Logo
Logo

रेडक्रसमा ओली र देउवा पक्षबीच धकेलाधकेल


5.9k
Shares

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा दुई पक्षबीच विवाद भएपछि प्रहरीले हस्तक्षेप गरेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको डा. नेत्र तिम्सिनाको नेतृत्वको तदर्थ समिति र शेरबहादुर देउवा नेतृत्वको सरकारले गठन गरेको सुदर्शन नेपाल नेतृत्वको तदर्थ समितिका पदाधिकारी कार्यालय प्रवेश गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

सो क्रममा दुई पक्षबीच विवाद बढ्दै धकेलाधकेल भएपछि प्रहरीले बाहिर निकालेको थियो । देउवा सरकारले तदर्थ समिति भंग गरिदिएपछि तिम्सिना पक्ष सर्वोच्च गएको थियो ।

सर्वोच्चले दुवै पक्षलाई असार २७ मा अदालतमा उपस्थित हुन आदेश दिएको छ । अदालतको अल्पकालीन आदेशसँगै तिम्सिना पक्षले काम गर्न पाउनु पर्ने भन्दै कार्यालय प्रवेश गर्न खोजेको थियो ।

दुई पक्षबीच थप तनाव उत्पन्न हुन नदिन मंगलबार रेडक्रसमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्