Logo
Logo

बाबुराम भट्टराई पुरानै घरमा फर्किंदै : अध्यक्ष रुपनारायण श्रेष्ठ


72.1k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल निकट विद्यार्थी संघ समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले आउने ३० गतेदेखि नयाँ शक्ति जुर्मुएर आउने बताएका छन् ।

जसपा फुटको संघारमा पुगेपछि डा. बाबुराम भट्टराई पक्ष र उपेन्द्र यादव पक्षले असार २९ र ३० गते छुट्टा छुट्टै भेला बोलाएका छन् । अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भनेका छन्, “३० गते देखि देशमा नयाँ शक्ति जुर्मुराएर आउँछ । अहिलेसम्मको भोगाई र सिकाईले परिस्कृत भएर आउँछ ।

लामो समयदेखि आन्तरिक विवादमा रहेका जसपा फुट्ने निश्चित छ। पार्टीभित्र उपेन्द्र यादवले एकलौटी रुपमा काम गरेको भन्दै भट्टराई पक्षले असन्तुष्टि जनाउँदै आएका थिए।

पटक-पटक छलफलमा जुटे पनि जसपाले आन्तरिक विवादलाई अन्त्य गर्न नसक्दा जसपा फुट्ने निश्चित भएको छ । आउने छलफलबाट भट्टराई पक्ष जसपाबाट अलग भएर नयाँ शक्ति पार्टीमा अर्थात् पुरानै घरमा फर्किने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्