
काठमाडौं । युट्युवमार्फत अश्लिलता फैलाएको आरोपमा प्रहरीले युट्युवर प्रवेश लामालाई पक्राउ गरेको छ ।
युट्वुठ च्यानलमा अश्लिल शीर्षक राखी समाजमा अश्लिलता फैलाउने किसिमका भिडियोहरु बनाई युट्युव र सामाजिक सञ्चालमा रखेको भन्दै नेपाल प्रहरीको साइबर व्युरोले युट्युवर लामालाई पक्राउ गरेको हो ।
नुवाकोटको बेलकोटगढी गाउँपालिका वडा नम्बर ७ घर भइ हाल काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध बस्ने २२ वर्षीय युट्युवर लामालाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले काठमाडौ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ । लामाले विशेषगरी युवतीहरुलाई यौन सम्बन्धी विभिन्न प्रश्नहरु सोध्ने गरेका थिए ।












