
काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओमा आवेदन दिन म्याद थप भएको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर साउन ५ गतेसम्म पुर्याइएको हो ।
कम्पनीले असार ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आइपीओ बिक्री खुला गरेको छ । प्रतिकित्ता १०० रुपैयाँको दरले ६ लाख ३२ हजार ६ सय कित्ता साधारण सेयर स्थानीयलाई बिक्री गरेको हो ।
यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ ।












