
काठमाडौं । बुधबार सुनको भाउ एक हजार ६ सय रुपैयाँल घटेको छ ।
मंगलबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, चाँदीको भाउ भने तोलामा ३० रुपैयाँले घटेकाे छ । बुधबार एक हजार १ सय ७५ रुपैयाँमा काराेबार भइरहेकाे हाे ।
मंगलबार प्रतितोला एक हजार २ सय ५ थियो ।












