Logo
Logo

९ जना प्रहरी जवान बेहोस



धनगढी । कैलालीमा ९ जना प्रशिक्षार्थी प्रहरी जवान घाइते भएका छन् । नियमित तालिमको दौरानमा बुधबार धनगढीस्थित भन्सार हुँदै फाप्ला जोड्ने सडकमा दौड्ने क्रममा लडेर ९ जना प्रशिक्षार्थी प्रहरी जवान घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरु मध्ये दुई जनाको सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई तत्कालै उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । अस्पतालमा समान्य उपचारपछि छ जना डिस्चार्ज भए पनि अन्य तीन जनाको उपचार जारी छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरु मध्ये प्रशिक्षार्थी प्रहरी जवान सरोज चौधरी र प्रशान्त रावलको आईसीयूमा राखेर उपचार भइरहेको छ एक जनालाई जरनल वार्डमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्