काठमाडौ । नेकपा माओवादी केन्द्रकाे केन्द्रीय समितिको बैठक जारी छ । यसअघि पदाधिकारी टुंगो लगाउनेबारे खुमलटारमा छलफल भएको थियो ।

आइतबारदेखि सुरू भएको बैठकको सुरुकै दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा अध्यक्ष प्रचण्डले जवाफ दिनुअघि र पदाधिकारी घोषणा गर्ने तयारी गरिएको छ ।
पार्टीबाट सरकारमा सहभागी अर्थमन्त्री जनार्दन शर्मा विवादित बनेपछि बुधबारको बैठक स्थगित भएको थियो । माओवादीले यसै बैठकबाट पदाधिकारी टुंगो लगाउने तयारी गरेको छ ।
सकेसम्म आजै पदाधिकारी टुंगो लगाउने र बैठक समापन गर्ने प्रयास भइरहेको नेता हरिबोल गजुरेलले बताएका छन् । उनका अनुसार पदाधिकारी चयनका विषयमा प्रारम्भिक कुराकानी भइसकेको छ । त्यसलाई आजै निष्कर्षमा पुर्याउने प्रयास भइरहेको छ । उनले सम्भवत आजै पदाधिकारी टुंगो लाग्ने बताए ।











