Logo
Logo

नेकपाका ७७ ओटै जिल्ला र ६ महानगरको इञ्चार्ज–सहइञ्चार्ज (सूचीसहित)


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ ओटै जिल्ला र ६ ओटा महानगरपालिकाको इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ । भर्खरै सम्पन्न सचिवालय बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारी अनुसार बैठकले ७७ ओटा जिल्ला कमिटी र जिल्ला कमिटी सरहकै ६ ओटा महानगरपालिकामा इञ्चार्ज र सहइञ्चार्ज तोकेको हो ।

आज २०७६ साउन ५ गते अध्यक्षद्वय केपी शर्मा ओली र अर्का पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), केन्द्रीय सचिवालय बैठकमा केन्द्रीय कमिटीका सदस्य कमरेडहरूको कार्यविभाजनका सम्बन्धमा गम्भिरतापूर्वक छलफल भई बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाहरूमा ईञ्चार्ज तथा सह–ईञ्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्