Logo
Logo

नेपाल एसबीआई बैंकले मनायो २९औँ वार्षिकोत्सव



काठमाडौं । नेपाल एसबीआई बैंकले बिहीबार २९औँ वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सव कार्यक्रममा बोल्दै बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले बैंकको उपलब्धीबारे प्रकाश पारेका थिए । सोक्रममा बैंकको दीगो प्रगती कायम राख्न व्यक्तिगत जिम्मेवारी लिनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा बैंकका डेपुटी सीईओ तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले बैंकको उपलब्धिमा योगदान पु¥याएकोमा कर्मचारीहरुलाई धन्यवाद दिँदै निरन्तरता दिन आग्रह गरे ।

यस्तै, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्तले सबै सहभागीलाई धन्यवाद ज्ञापन व्यक्त गरेका थिए । बैंकले भर्चुअल साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरेको थियो । जसमा सबै शाखा कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

बैंकले ९१ शाखा, २१ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, ९ शाखारहित बैंकिङ सेवा, १२९ एटिएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्