Logo
Logo

३५औँ वार्षिर्कोत्सवको अवसरमा नबिल बैंकद्वारा रक्तदान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नबिल बैंकले आफ्नो ३५औं वार्षिकोत्सव मनाउने क्रममा यही साउन ४ नबिल बैंक प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा १२२ बैंकका कर्मचारीद्वारा रक्तदान गरिएको जनाइएको छ । ग्रान्डी इन्टरनेशनल अस्पतालले देशमा रहेको विद्यमान रक्त अभावलाई ध्यानमा राख्दै नबिल बैंकको उक्त योगदानको प्रशंशा गरेको छ ।

त्यसैगरी, बैंकको ३५औँ बार्षिकोत्सवको अवसरमा गत हप्ता आयोजित बैंक स्तरीय फुटसल, क्रिकेट, ब्याडमिन्टन, स्नुकर र चेस प्रतियोगिताका विजेता टिम र उपविजेता टिमहरुलाई नबिल बैंकका संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौडयालले मेडलसहित पुरस्कारहरु वितरण गरेका थिए । ३५औँ वार्षिकोत्सवको अवसरमा रक्तदान, खेलकुदलगायत सामाजिक कार्यक्रम आयोजना भएकोमा अध्यक्ष पौड्यालले खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्