Logo
Logo

मौद्रिक नीति अन्तिम चरणमा



काठमाडाैं । नेपाल राष्ट्र बैंकले २०७९/८० को लागि मौद्रिक नीति निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।साउनको पहिलो हप्ता मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ ।

ब्याजदर बढ्ने, आयातमा कडाइ, विदेशी मुद्राको सञ्चिति बढाउने, बैंकहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रेरित लगायतका विषय मौद्रिक नीतिमा समेट्ने बताइएको छ । यस्तै ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा मौद्रिक नीति केन्द्रित हुनेछ ।

आयातमा कडाइ गर्न नहुने, ब्याजदर बढाउन नहुने, तरलता अभाव हुन नदिने, निक्षेप कर्जाको अनुपात ९५ प्रतिशत पर्याएर उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने, शेयर कर्जामा रहेको ४ देखि १२ करोड रुपैयाँको सीमा हटाउनुपर्ने लगायतका माग निजी क्षेत्रको रहेको छ ।

यस्तै, बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपालले उत्पादनमूलक क्षेत्रमा दिने कर्जाको ब्याजदर ४ प्रतिशतले कम गर्नुपर्ने, महिलाले आफ्नो नाममा २५ लाख रुपैयाँसम्म बैंकमा रकम जम्मा गर्दा स्रोत खुलाउनु नपर्ने, कच्चा पदार्थबाहेक कृषिजन्य वस्तु र सामग्रीको आयातमा रोक लगाउनुपर्ने लगायतका माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस्