Logo
Logo

त्रिचन्द्रको भवन पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण


504
Shares

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले क्षतिग्रस्त त्रिचन्द्र कलेजको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएकाे छ ।

नेविसंघको त्रिचन्द्र कलेज इकाइका विद्यार्थीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर भूकम्पले क्षतिग्रस्त कलेजका संरचनाहरुको निर्माणका लागि आग्रह गरेका हुन् ।

जीर्ण भवन र पर्याप्त कक्षा कोठाको अभावले विद्यार्थीको पठनपाठन अत्यन्तै अस्तव्यस्त भएको छ । त्रासपुर्ण वतावरणमा अध्ययन गर्नुपर्ने अवस्था रहेको भन्दै प्रधानमन्त्रीलालाई ध्यानाकर्षण पत्र बुझाएकाे नेविसंघ इकाइ समितिका सचिव विपीन ढुङ्गानाले बताए ।

प्रधानमन्त्री देउवाले आफैले पढेको कलेज क्षतिग्रस्त अवस्थामा रहेको सुनेपछि भवन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाएको उनकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्