Logo
Logo

चेम्बरको आयोजनामा महिला उद्यमशिलता तालिम



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत महिला चेम्बरले महिलाका लागि आर्थिक शसक्तिकरण कार्यक्रम सुरु गरेको छ ।

उद्यमशिलता विकास र रोजगारी सिर्जनामार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन तालिम आयोजना गरेको हो । पहिलो चरणमा पाककला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टीङ, फेब्रिक पेन्टिङ लगायतका क्षेत्रमा महिलालाई तालिम प्रदान गर्न लागेको हो ।

तालिमको उद्घाटन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उद्यमशिलता विकासमार्फत महिलाको आर्थिक सहभागिता वृद्धि गर्नुपर्ने बताए । नेपाल चेम्बर अफ कमर्सले महिला सशक्तिकरणको मुद्धालाई उच्च प्राथमिकतामा राखेको मल्लको भनाइ छ ।

पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा घरमै बसेर आम्दानीका लागि थुप्रै विकल्प सुरु भईसकेको भन्दै अध्यक्ष मल्ललले त्यसको लाभ लिन पनि महिलालाई आग्रह गरे । महिलाद्धारा उत्पादित बस्तुको बजारीकरणका लागि चेम्बरले सहयोग गर्ने अध्यक्ष मल्लको भनाइ छ ।

चेम्बर उपाध्यक्ष एवं महिला चेम्बर सभापति उर्मिला श्रेष्ठले महिलाको आर्थिक सुरक्षाका लागि तालिम सञ्चालन गरिएको बताइन् । व्यापार र रोजगारी सिर्जना गर्न तालिम महत्वपुर्ण हुने श्रेष्ठको भनाइ छ । महिलाहरुलाई बजारको माग अनुसार तालिम प्रदान गर्न लागिएको चेम्बरले जनाएको छ ।

महिला चेम्बरकी सचिव लिमा अधिकारीले महिलालाई कम्तिमा १५ दिनको तालिम दिईने बताइन् ।

प्रतिक्रिया दिनुहोस्