Logo
Logo

काठमाडौं महानगरको बजेट संशोधनसहित सर्वसम्मतिले पारित



काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित भएको छ । शुक्रबार बसेको महानगरको नगरसभामा छलफलपछि महानगरको आगामी बर्षको बजेट संशोधनसहित पारित भएको हो ।

शुक्रबारको नगरसभामा सदस्यहरुले छुटेका योजनाहरु संशोधन गर्न सुझाव राखेका थिए । नगरसभामा प्रमुख बालेन्द्र शाहले बजेटमा राम्रा सुझावहरु आएको भन्दै राम्रा योजनालाई निरन्तरता दिने, फोहोर मैला व्यवस्थापन लगायतमा पनि महानगरले आएका सुझावलाई सम्बोधन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्