Logo
Logo

बुढिगंगा मतगणना अपडेट : ४ वडामा एमालेका उम्मेदवार विजयी


2.3k
Shares

धनगढी । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामध्य हाल सम्म ४ वडाको मत गणना सकिएको छ ।

मतगणना सकिएका ४ वटै वडामा एमाले विजयी भएका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार वडा नम्बर १, २, ९ र १० मा मत गणना सकिएको हो । सम्पन्न भएका ४ वटै वडामा एमालेका उम्मेदवार विजयी भएका उनले बताए ।

बुढीगंगा नगरपालिकाको मेयर र उप–मेयरमा पनि नेकपा एमालेका उम्मेदवार अगाडी रहेका छन् । हालसम्म ३ हजार ९६२ मत गणना हुदाँ मेयरमा एमालेका उम्मेदवार राम बहादुर बानियाँ २ हजार ४४३ मतले अगाडि छन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका रंगबहादुर खातीले १ हजार २९१ मत ल्याएका छन् ।

उपमेयरमा पनि एमालेकी मायाँ कुमारी खड्का (कुवँर)ले २ हजार ४१७ मत ल्याउँदै अग्रता कायम गरेकी छन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी रिता शाहीले १ हजार ३१२ मत ल्याएकी छन् ।

जिल्ला निर्वाचन कार्यालय प्रमुख अवस्थीका अनुसार अहिले वडा नम्बर–३ र ८ को मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्