Logo
Logo

मंगलबार बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मंगलबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । मंगलबार बस्ने भनिएको बैठकमा विभाग, आयोग तथा निकायको एकीकरणको काम टुंगो लगाउने नेकपाको तयारी थियो ।

दिउँसो ४ बजेदेखि अध्यक्षद्वयबीच साँझ ७ बजेसम्म प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो। दुवै अध्यक्षबीचको छलफलबाट स्कुल विभाग र अन्य विभागहरुको नेतृत्व कसलाई दिने भन्ने विषयमा सहमति जुट्न नसकेपछि मंगलबार बस्ने भनिएको सचिवालयको बैठक पनि नबस्ने भएको बुझिएको छ ।

आईतवार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको सचिवालयको बैठकले देशभरका ७७ वटै जिल्ला र महानगरपालिकाका कमिटीका इन्चार्ज र सह–इन्चार्जको नाम टुङ्ग्याएको थियो । सोही बैठकको निर्णय सुनाउदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अर्को बैठक मगलवार पार्टी केन्द्रीय कार्यलयमा बस्ने बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्