Logo
Logo

भारतीय दूतावासमा महिला सांसदको लर्को


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ७ साउन ।

प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिका सभापतिहरु भारतीय दूतावासको जलपानमा सरिक भएका छन् ।

उनीहरु राजदूत मन्जिवसिंह पुरीको निमन्त्रणामा सोमबार त्यहाँ गएका हुन र भारतीय रिसर्च एण्ड एनालाइसिस विङका उच्च अधिकारीहरुसमेत आएकाले उनीहरुको सम्मानमा आयोजित जलपानमा सांसदहरु सहभागि भएका हुन् ।

एक समिति सभापतिका अनुसार १० दिनअघि नै मोबाइलमा निम्ता पठाइएको थियो । सोमबार सत्तारुढ दल नेकपाकी सांसद गंगा चौधरी सत्गौवा, नविना लामा र कोमल वलीलगायत दूतावास गएका हुन् । यस्तै नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव, सचेतक पुष्पा भुसाल, पूर्वमन्त्री चित्रलेखा यादव, सांसद मीना पाण्डे पनि छलफलमा सहभागी थिए ।

कार्यक्रम सकिए पछि भारतीय राजदूत मन्जिवसिंह पुरीले एक तस्वीर सार्वजनिक गर्दै उनले लेखेका छन् ‘नेपालका केही महिला सांसदहरुसँग कुराकानी गर्दा र महिलाहरुको राजनीतिक सशक्तीकरणमाथि विचारको आदान–प्रदान गर्दा खुशी लागेको छ।’

प्रतिक्रिया दिनुहोस्