Logo
Logo

वर्षाले डोटीका सडक अवरुद्ध


252
Shares

फाइल फाेटाे ।

डाेटी । लगातारको वर्षाले यहाँका ग्रामीण सडक अवरुद्ध भएका छन् ।

वर्षाले ठाउँ–ठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि ती क्षेत्रमा सवारीसाधन सञ्चालन हुन छाडेका छन् । सडक भत्किएकाे तथा बिग्रिएका कारण यातायात सञ्चालन गर्न समस्या भइरहेको शैलेश्वरी यातायातका प्रमुख प्रेमबहादुर रावलले जानकारी दिए ।

सडक डिभिजन कार्यालय दिपायल कुल्पातेका अनुसार जोरायल, गड्सेरा, दिपायल नापानी, बोगटान, धुर्कोट, मुडभारा, नारीदाङ, गैराधुर्कोट सडकमा यातायात अवरुद्ध छन् । बिग्रिएका सडकमा स्काभेटर लगाएर सञ्चालन गर्न खोजिए पनि वर्षा नरोकिएका कारण समस्या भएकाे छ ।

गाउँका सडकमा यातायातका साधन सञ्चालन हुन बन्द भएपछि किसानले उत्पादन गरेका तरकारी बजारसम्म लैजान पाएका छैनन् । बल्लबल्ल फलाएकाे तरकारी बारीमै कुहिन थालेको जोरायल –५ का किसान लीलाधर विष्टले बताए ।

गाउँघरमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि समस्या भएको निरौलीका स्थानीय सुरेन्द्रबहादुर बोहराकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्