Logo
Logo

प्लास्टिकले छोपियो टेकुको फोहोर


189
Shares

काठमाडौं । काठमाडौं महानगरले टेकुमा थुप्रिएको फोहोर प्लास्टिकले छोपेको छ ।

ट्रान्सफर स्टेशनमा रहेको फोहोरमा औषधि छर्किएर प्लास्टिकले छोपिएको हो । बञ्चरे डाँडा जाने सडक वर्षाले बिग्रिएपछि फोहोर ढुवानी हुने सकेको छैन ।

त्यसैले फोहोर संकलन गरेर टेकुस्थित ट्रान्सफर स्टेशनमा थुपारिएको छ । थुपारिएको फोहोरले दुर्गन्ध बढ्ने भएकाले जिवातु हालेर प्लास्टिकले छोपिएको मेयर बालेन्द्र साहका सचिवालय सदस्य सुनिल लम्सालले बताए ।

फोहोरमा जीवातु हालेर प्लास्टिकले छोपेपछि दुर्गन्ध कम हुने उनको भनाइ छ । लम्सालले मौसममा सुधार भएपछि फोहोरलाई ल्याडफिल साइटमा लैजाने बताए । टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ ।

त्यसमध्ये ३० रोपनीमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ । बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको प्रयास रहेको छ । हिमालखबरबाट

प्रतिक्रिया दिनुहोस्