काठमाडौं । लामो समयदेखि ग्राहकहरुले पर्खिरहेको विद्युतीय गाडी बीवाईडीको ‘एट्टो-३’को बुकिङ खुला भएको छ । उक्त गाडी छिटै नेपाल भित्रिने भएपछि नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बुकिङ खुलाएको हो ।
बीवाइडीको यो गाडी डेडिकेटेट इभी प्लेटफर्ममा तयार पारिएको छ । साथै, अष्ट्रेलियन एनक्यापमा यसले ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ।

बीवाईडीले प्रदान गर्ने रेन्जमा कुनै पनि फरक नपर्ने भएका कारण ग्राहकले यो गाडी लामो समयदेखि पर्खिरहेको कम्पनीको भनाइ छ । यो कम्पनीको गाडीमा ब्लेड ब्याट्री प्रयोग गरिएको छ। विश्वको सबैभन्दा धेरै विद्युतिय गाडी उत्पादन गर्ने कम्पनी बीवाईडी आफैं ब्लेड ब्याट्री उत्पादक समेत हो ।
विश्वबजारमा बीवाईडी एट्टो–३ को माग उच्च छ । यसले आधिकारिक बिक्रेताहरुलाई नै माग बमोजिम गाडी उपलब्ध गराउन सकेको छैन । सोही कारण पनि एट्टो–३ इभी नेपाली बजारमा आइपुग्न समय लागेको साइमेक्सको भनाइ छ ।
कम्पनीका अनुसार बीवाईडी एट्टो–३ मा दुई ब्याट्री अप्सन छ । जसमा एउटा ५०.१ र अर्को ६०.४ किलोवाट आवर क्षमताको छ । ब्याट्रीमा सात वर्षको वारेन्टी दिने कम्पनीले जनाएको छ ।
साथै, यसमा ५० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान भएको जनाइएको छ । जसले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्दछ ।
यो गाडीमा फास्ट चार्जिङको सुविधा पनि उपलब्ध छ । यसलाई फाष्ट चार्जरबाट चार्ज गर्न ८० किलोवाटको फास्ट चार्जर आवश्यक पर्दछ जसले ४५ मिनेटमै फुल चार्ज गर्ने दाबी गरिएको छ । सात किलोवाटको सामान्य एसी चार्जरबाट भने फुल चार्ज हुन साढे ८ घन्टा लाग्ने बताइएको छ ।
एट्टो–३ मा १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ, जसमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कम्प्याटिबल कनेक्ट गर्न सकिन्छ । साथै, सुरक्षाका लागि पनि यस गाडीमा ७ एसआरएस एयरब्याग, ईपीएस सहितको एबीएस, हिल डिसेन्ट कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम र टायर प्रेसर मोनिटरिङ जस्ता फिचर उपलब्ध छन्। यसमा अटोमेटिक इमरजेन्सी ब्रेकिङ सिस्टम पनि छ ।
यसैगरी यसमा प्यानोरामिक सनरुफ, रुफरेल, इलेक्ट्रिकल्ली हिटेड र एड्जस्टेबल साइड मिरर, १८ इन्चको अलोय ह्वील, इन्टिग्रेटेड डीआरएल सहितको एलईडी हेडलाइट, एलईडी टेललाइट र ५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले जस्ता फिचर पाउन सकिन्छ ।
यो गाडीमा हुन्डाइको क्रेटामा भएका थुप्रै फिचर पाउन सकिन्छ । एट्टो–३ गाडी ४४५५ एमएम लम्बाई, १८७५ एमएम चौडाइ र १६१५ एमएम उचाइ छ। यसमा ह्वीलबेस भने २७२० एमएमको छ। कम्पनीले यो गाडीमा १७५–१८५ एमएमको ग्राउन्ड क्लिरियन्स हुने जनाएको छ ।
ब्याट्रीसहित गाडीको कुल वजन १६९० किलोग्रामसम्म रहनेछ । यस्तै यसको पछाडि बुट स्पेस अर्थात् डिकीमा १३३० लिटरसम्मको समान अटाउने क्षमताको छ। यस्तै, रियर सिट डाउन पनि गर्न मिल्छ । यसमा एडजष्टेबल सिटहरु छन् । टेलगेट वन टचमा खोल्न र बन्द गर्न सकिन्छ भने रियर क्रस ट्राफिक अलर्टहरुको सुविधा पनि छ ।
कम्पनीले यसको नेपाली बजार मूल्य भने सार्वजनिक गरेको छैन ।












