Logo
Logo

रुपन्देहीका सहकारीकाे १५ अर्ब लगानी कृषिमा



फाइल फाेटाे ।

रुपन्देही । जिल्लाका सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउँदै लगेका छन् ।

यसले हजारौँ युवा स्वरोजगार बनेको जिल्ला सहकारी सङ्घ रुपन्देहीले जनाएको छ । सहकारीले सबैभन्दा धैरै लगानी कृषि क्षेत्रमा गरेको देखिन्छ ।

यसबाहेक कृषिजन्य उद्योग, कुखुरा फार्म, गाईभैँसी फार्म, माछाफार्म, तरकारी खेती, किराना पसलमा सहकारीले लगानी गरेको सहकारीको वार्षिक लेखा परीक्षणले देखाएको आन्तरिक राजस्व कार्यालय रुपन्देहीले जनाएको छ ।
सहकारीको १५ अर्ब हाराहारी लगानी कृषिमा रहेको पाइएको छ ।

लगानीको धेरै रकम युवावर्ग र कृषि तथा कृषिजन्य वस्तु उत्पादन क्षेत्रमा भएको आँकडाले देखाउँछ । सहरमा भन्दा ग्रामीण क्षेत्रका मानिसको जीवनस्तर माथि उकास्नका लागि सहकारीले महत्वपूर्ण भूमिका खेलेको रोहिणी गाउँपालिका–५ का कुखुरा फार्म सञ्चालक जयप्रकाश यादवले जानकारी दिए ।

उनउत्थान बचत तथा ऋृण सहकारीका अध्यक्ष ज्ञानु पौडेलले सहकारीले घरघरमा पुगेर सचेतनामुलक कार्यक्रम, अन्तरक्रिया गर्दै युवा स्वरोजगार, कृषिमा गुणस्तरीयता र साना उद्योग लगायतमा सहज रुपमा लगानी गरेको बताए । बस्ती बस्तीमा सहकारीको पहुँच पुगिसकेकाले सहकारीमा बचत तथा ऋणको सदुपयोग गर्न सबैलाई आग्रह गरे ।

सहकारी अन्दोलनले रोजगारी तथा उत्पादन क्षेत्रमा केही हदसम्म सहयोग पुर्रयाएकाे आफन्त बचत तथा ऋण सहकारी धकधई सेवा केन्द्रका व्यवस्थापक प्रदीप भट्टराईले बताए ।

नेपालमा सजिलो तरिकाले ऋृण प्रवाह र बचत गरिदिने संस्थासमेत सहकारी रहेकाले मानिसहरूको बढ्दो विश्वास रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्