Logo
Logo

डुम्रे–बेँसीसहर सडक अवरुद्ध


630
Shares

लमजुङ । डुम्रे–बेँसीसहर सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।

बेँसीसहर–१ उदीपुरको देउरालीडाँडामा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदीपुरबजार जोडिने यस भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो । गत वर्ष र केही हप्ताअघि गएको बाढीले डुम्रे बेँसीसहरको देउरालीडाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रुपमा सञ्चालन हुँदैको थियो ।

सडक अवरुद्ध भएपछि बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, तनहुँ, गोरखालगायत जाने सो स्थानबाट बेँसीसहर आउने सवारी सञ्चालन हुन नसकेको प्रहरी निरीक्षक रेग्मीले बताए ।

पहिरोले बेँसीसहर–चामे सडकसमेत अवरुद्ध भएको छ । यो सडक लमजुङ–मनाङ जोड्ने एक मात्र सडक हो ।

६५ किलोमिटरको यस सडकमा दैनिकजसो नै सडक अवरुद्ध हुने गर्दा यात्रु मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्