Logo
Logo

उदीयमान कलाकारलाई प्लेटफर्म दिँदै टुबोर्ग


315
Shares

काठमाडौं । कलाकार जेसन डेरुलो र डेनिस बियर ब्राण्ड टुबोर्गबीचको नयाँ सहकार्यअन्तर्गत संसारभरका उदीयमान संगीत कलाकारलाई डेरुलोसँग सांगीतिक सहकार्य गर्ने अवसर पाएका छन् ।

यस परियोजनाले टुबोर्ग ओपन अभियानको छैटौं वर्ष मनाउँदै छ । टुबोर्ग ओपनले संगीतको शक्ति प्रयोग गरी विश्वभरका कलाकार र दर्शकका लागि अद्धितीय अनुभव सिर्जना गर्दै आएको गोर्खा ब्रुअरीले जनाएको छ ।

नयाँ कलाकारका लागि उक्त अवसर लस एन्जलसमा आयोजना गरिएको थियो । जहाँ साइन नगरिएका वा संगीतमा करियर खोजिरहेका कलाकारले स्टुडियोमा जेसनसँग प्रत्यक्ष रुपमा संगीत प्रदर्शन, उत्पादन, लेखन र उद्योगमा सफल हुन आवश्यक विषयमा छलफल गरेका थिए ।

त्यसपछि प्रत्येक कलाकारले लस एन्जलसको सबैभन्दा प्रतिष्ठित सांगीतिक स्थलमध्ये १ द विल्टर्न थिएटरमा जेसन डेरुलो सामु प्रस्तुति दिएको कम्पनीले जनाएको छ । ‘संगीत उद्योगमा सफल हुने मन्त्र भएको कुनै प्ले–बुक छैन । त्यसैले यदि तपाई एक संगीतकार बन्न चाहनुहु्न्छ भने तपाईं लगभग आफ्नै भरमा हुनुहुन्छ ।

तर यी अनुभवबाट गुज्रिएको कोही तपाईंको साथमा हुनाले ठूलो फरक पार्न सक्छ । यो अभियानको बारेमा मलाई मनपर्ने कुरा यही नै हो । मलाई लाग्छ कि यदि मैले त्यस्तो प्रकारको मार्गदर्शन पाएको भए मैले धेरै कम ठक्कर खाने थिए, त्यसैले म यी प्रतिभाशाली कलाकारको यात्राको हिस्सा बन्न पाउँदा कृतज्ञ छु,’ अभियानमा सहकार्यबारे बोल्दै डेरुलोले भने ।

२०१७ को सुरुवातदेखि टुबोर्ग ओपनले द चेनस्मोकर्स, मेजर लेजर, क्लिन ब्यान्डिट, डिप्लो र मो जस्ता विश्वव्यापी कलाकारहरुसँग सहकार्य गरि संसारभरिका दर्शकलाई जोड्ने हिटह निर्माण गरेको छ ।

टुबोर्ग ओपन २०२२ अभियानमा नेपालका उदीयमान कलाकारलाई उनीहरुको प्रतिभा प्रदर्शन गर्न प्लेटफर्म प्रदान गरेको गोर्खा ब्रुअरीका मार्केटिङ निर्देशक आशिष विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्