Logo
Logo

भरुवा बन्दुकसहित पक्राउ


315
Shares

तनहुँ । भरुवा बन्दुकसहित तनहुँमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घिरिङ गाउँपालिका–५ मोचाबारीका ४० वर्षीय मानबहादुर थापा भरुवा बन्दुक लिइ हिँडिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

सोमबार घिरिङस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले उनको साथबाट सय ग्राम बारुद, छर्रा २५ थान र एकनाले भरुवा बन्दुकसमेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीका अनुसार उनको अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्