
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
आफैले चलाएको मोटरसाइकल नियन्त्रण गुमाएर दुर्घटना हुँदा रुपन्देहीकै मर्चवारी गाउँपालिका–१ का १९ वर्षीय रामचन्द्र केवटको मृत्यु भएको हो ।
दुर्घटनाबाट गम्भिर घाइते भएका केवटको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।














