Logo
Logo

चोभार बन्दरगाहबाट निर्यात सुरू



काठमाडौं । काठमाडौँको चोभारस्थित सुक्खा बन्दरगहबाट निर्यात सुरु भएको छ ।

मंगलबार ऊनबाट बनेका एक ट्रक सामग्री फेल्टगुड्स (जुत्ता, सिल्पर, बुट) डेनमार्क निर्यात भएको चोभार भन्सार कार्यालयले जनाएको छ । अब निर्यातको ढोका खुलेको प्रमुख भन्सार प्रशासक धनबहादुर बडुवालले जानकारी दिए ।

उनकाअनुसार ४३ हजार ४६७ युरो (५५ लाख ७१ हजार बढी) बराबरको नेपाली वस्तु निर्यात भएको हो ।
बन्दरगाह चैत २२ गते प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो । त्यसयता १५ कन्टेनरमा ७ करोड ३९ लाख बढीको सामग्री भित्रिएका छन् ।

वीरगञ्ज, मेची, विराटनगर, भैरहवा र सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सिया पर्साबाट नेपालमा प्रवेश गर्ने मालवस्तुमात्र सिधै चोभार भित्रन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्