Logo
Logo

झापामा सुपारी प्रशाेधन उद्योग



झापा । सुपारीलाई व्यवसायीकरण गर्ने उद्देश्यले सुपारी प्रशोधन उद्योगको स्थापना भएकाे छ।

परम्परागत ढङ्गले सुपारी प्रशोधन गर्दा खर्च र जनशक्ति बढी लाग्ने तर मुनाफा कम हुन्थ्यो । उद्योग स्थापनासँगै आम्दानीसमेत बढ्ने कृषकको अपेक्षा छ ।

सुपारी जोन परियोजनाले २०७८/७९ मा सुपारी किसानलाई प्रोत्साहनका लागि ५० प्रतिशत अनुदानमा सहकारी र व्यक्तिले सञ्चालन गरेको उद्योगमा लगानी गरेको कार्यालय प्रमुख रवीन्द्र सुवेदीले बताए ।

सरकारले प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका र मेचीनगर नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ लाई समेट्ने गरी ७८८ हेक्टर जमिनमा सुपारी जोन कार्यक्रम सञ्चालन गरेको छ ।

चालु आवमा सुपारी जोनअन्तर्गत २ सुपारी प्रशोधन उद्योग र २ सुपारीको पातबाट दुनाटपरी बनाउने उद्योगलाई ५० प्रतिशत अनुदान रहने गरी ८० लाख अनुदान उपलब्ध गराइएको उनले बताए ।

सुपारी प्रशोधन उद्योग सञ्चालनमा आएसँगै आम्दानी बढ्ने अपेक्षा रहेको ३० वर्षदेखि सुपारी खेती गर्दै आउनुभएका मेचीनगर–४ बाहुनडाँगीका केदार रिजालले बताए । उनले परियोजनाको २० लाख तथा आफ्नो २० लाख लगानीमा सुपारी प्रशोधन उद्योग स्थापना गरेका छन् ।

परियोजनाले सुपारीको बोक्रा छोडाउने मेसिन, प्याकेजिङ, कटिङ मेसिन खरिद र गोदाम घर निर्माणका लागि अनुदान उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्