Logo
Logo

लिग–२ त्रीकेट: नेपाल र स्कटल्यान्ड भिड्दै


441
Shares

काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ ।

खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।

नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा छ । स्कटल्यान्ड अङ्कतालिकाको दोस्रो स्थानमा छ । नामिबिया पाँचौँ स्थानमा छ ।

नेपालले तेस्रो खेल शनिबार नामिबिया र अन्तिम खेल आइतवार स्कटल्यान्डसँग खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्