Logo
Logo

‘विदेशी लगानी बढाउन राजदूतको भूमिका महत्वपूर्ण’



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले वैदेशिक लगानी बढाउन राजदूतको भूमिका महत्वपूर्ण भएको बताएका छन् ।

नेपाल निर्यात व्यवसायी महासङ्घले आयोजना गरेको ‘निर्यात प्रवद्र्धनका लागि राजदूत एवम् व्यवसायीबीचको अन्तरक्रिया’ कार्यक्रममा उनले निर्यात क्षेत्रलाई विस्तारमा राजदूतको भूमिका महत्वपूर्ण भएको बताएका हुन् ।

‘मुलुकमा उत्पादित वस्तुको निर्यात बढाएर विदेशी मुद्रा भित्र्याउनु अहिलेको मुख्य आवश्यकता हो, सोही कार्यमा विभिन्न देशका नवनियुक्त राजदूतहरु लाग्नुहुनेछ भन्ने विश्वास मैले लिएको छु,’ उनले भने । आयातलाई प्रतिस्थापन गर्न सकेमात्र नेपालको व्यापार घाटा कम हुने उनको भनाइ छ ।

मन्त्री बडूले निर्यात प्रवद्र्धनका लागि आवश्यक पर्ने नीतिनियम बनाउन सरकार सधैँ सकारात्मक रहेको उल्लेख गरे । परराष्ट्रसचिव भरतराज पौडेलले नेपालमा उत्पादित वस्तुलाई विदेशमा सजिलै निर्यात गर्ने व्यवस्था मिलाउन कूटनीतिक नियोगको महत्वपूर्ण भूमिका रहेको बताए ।

महासङ्घका अनुसार २०७७/७८ मा १३ खर्ब ८ अर्बको वस्तु आयात गर्दा निर्यात भने १ खर्ब ४१ अर्बमा सीमित भएको छ ।

प्रतिक्रिया दिनुहोस्