काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्री पदमा रहुन्जेल जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता गरेका छन् ।

नेकपा एकिकृत समाजवादी जिल्ला कमिटि कञ्चनपुरले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री कुँवरले जनताले पठाएरै आफू मन्त्री भएकाले पदमा रहुँन्जेल उनीहरुको हितमा काम गर्ने बताए ।
उनले जनतालाई सेवा दिनका लागि सामाजिक सुरक्षाको दायरा बढाउन आवस्यक रहेको बताउनु भएको छ । मन्त्री कुँवरले सामाजिक सुरक्षा कार्यालयको व्यवस्थापनका लागि पनि काम भइरहेको बताए ।
जनताले सजिलै सामाजिक सुरक्षा पाउने व्यवस्थापन गर्ने सरकारको जिम्मेवारी पनि भएको उनको भनाई थियो ।
पार्टीका कार्यकर्तासँग कुराकानी गर्दै मन्त्री कुँवरले इमान्दार र जिम्मेवार भएर काम गर्न सबै कार्यकर्तालाई अनुरोध समेत गरे ।
अहिले रोजगारीका लागि थुपै समस्या भएको भन्दै उनले आफूले स्वदेशमै रोजगारी र्सिजना गर्न पहल गरिरहेको जनाकारी गराए ।
यसअघि आजै मन्त्री कुँवर अछाम सेवा समिति र उधोग बाणिज्य संघ कैलालीले आयोजना गरेको सम्मान तथा शुभकामना कार्यक्रममा सहभागि भएका थिए ।














