
काठमाडौं । आज बिहान कर्णाली, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा र हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
शनिबार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।














