Logo
Logo

नगरपालिकाको निर्णय, ५० वर्षमाथिका अविवाहित महिलालाई भत्ता


- दृष्टि न्युज/संवाददाता


डोटी , ७ साउन ।

दिपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म अविवाहित रहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ।

नगरपालिकाले आर्थिक वर्ष २०७६र७७ को नीति, कार्यक्रम तथा बजेटबाट त्यस्ता महिलालाई सामाजिक सुरक्षा भत्ता दिने नीति लिएको दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले जानकारी दिइन्।

पाँचौं नगरसभामा प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटमा यसलाई समेटिएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्