Logo
Logo

लुम्बिनी जनरल इन्स्योरेन्समा नयाँ संचालक समिति चयन


0
Shares

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । बुधबार सम्पन्न नवनिर्वाचित सञ्चालकहरु समेतको बैठकले सञ्चालक समितिको अध्यक्षमा मनोहर दास मुललाई नियुक्त गरेको हो ।

संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने चार सञ्चालक पदमा विश्वराज रेग्मी, मनोहर दास मुल, अरुण राज श्रेष्ठ र उमेश रेग्मी (प्रतिनिधि–लुम्बिनी बिकास बैंक लि.) निविरोध निर्वाचित भएका हुन् ।

नवनियुक्त अध्यक्ष मनोहर दास मुललाई बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा समितिको कार्यालयमा आजै पद तथा गोपनियताको सपथ गराएका थिए ।

सपथ समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन।पि। प्रधान र कम्पनी सचिव देवेन्द्र कोइरालाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्