Logo
Logo

चीन जाँदा मुख्यमन्त्रीको झोला हरायो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ साउन ।
चीन भ्रमणका क्रममा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको झोला हराएको छ । भ्रमण सकेर नेपाल फर्कने क्रममा विमानस्थलमा उनको झोला हराएको हो ।
खुन्मिङबाट काठमाडौं फर्कने क्रममा एयरलाइन्सको काउन्टरमा झोला हराएको मुख्यमन्त्री निकट स्रोत बताउँछ । जसमा ल्यापटप लगायत महत्वपूर्ण कागजपत्र थिए ।


झोला हराएको कुरा काठमाडौं आएपछि मात्र मुख्यमन्त्रीले थाहा पाएका थिए । सहयोगकीको लापरबाहीका कारण झोला हराएको हो ।
पछि मुख्यमन्त्री पोखरेलले त्यसबारे आफुलाई भ्रमणमा बोलाउने चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका अधिकारीलाई जानकारी गराएका थिए । त्यसपछि झोला विमानस्थलमा भेटिएको छ । झोलालाई बेइजिङस्थित नेपाली दुतावासमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्