Logo
Logo

ग्लोबल आइएमईलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित बैंकिङ अवार्ड


693
Shares

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिडेटले ‘युरोमनी अवार्ड फर एक्सलेन्स–बेस्ट बैंक नेपाल–२०२२’ प्राप्त गरेको छ ।
बेलायतमा बुधबार आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले अवार्ड ग्रहण गरेका हुन् ।

ग्राहकलाई प्रदान गर्ने सेवा, नयाँ प्रविधिको प्रयोग र उच्चस्तरीय कार्यसम्पादन गर्ने बैंकलाई प्रदान गरिने यो अवार्ड सन् १९९२ मा स्थापना गरिएको हो । अवार्डलाई बैंकिङ क्षेत्रको प्रतिष्ठित अवार्ड मानिन्छ ।

ग्लोबल आइएमई बैंकले ७७ जिल्लामा २८९ शाखा, २६२ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढी सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्