
काठमाडौं । अमेरिकी डलरको भाउ शुक्रबार हालसम्मकै उच्च स्तरमा पुगेको छ ।
लगातार चौथो दिन डलरको भाउ कीर्तिमानी स्तरमा पुगेको हो । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको बिक्री दर १२८.११ रुपैयाँ तोकेको छ । जुन बिहीबारको तुलनामा ३९ पैसाले बढी हो ।
विनिमयदर अनुसार १ युरोको खरिददर १२७.७१ र बिक्री दर १२८.३१ रुपैंया छ ।












