Logo
Logo

बिलासी वस्तुको आयात प्रतिबन्ध भदौ १४ सम्म



काठमाडौं । सरकारले आयातमा रोक लगाइएका १० वस्तुको प्रतिबन्धलाई निरन्तरता दिएको छ ।

आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैशाखमा लगाइएको प्रतिबन्धलाई भदौ १४ गतेसम्म थपेको हो । नयाँ राजपत्रअनुसार अब १५० सीसीभन्दा माथिका मोटरसाइकल र ३ सय डलर बढी मूल्यका मोबाइल आयात प्रतिबन्ध थप गरिएको छ ।

मन्त्रालयले वैशाख १३ गते मदिरा, सुर्ती, डिजेल तथा पेट्रोल गाडी, २५० सिसीभन्दा बढीका मोटरसाइकल, कुरकरे तथा लेजलगायतका खाद्यान्न, हीरा, ६ सय डलरभन्दा महँगा मोबाइल आयातमा प्रतिबन्ध लगाएको थियो ।

सबै प्रकारका खेलौना, तास, ३२ इन्चभन्दा ठूला रंगीन टीभी पनि आयात प्रतिबन्धको सूचीमा छन् ।

प्रतिक्रिया दिनुहोस्