Logo
Logo

गुल्मीमा लिची उत्पादन घट्याे



गुल्मी । गुल्मीमा लिची उत्पादनमा कमी आएको छ । लिचीका लागि प्रसिद्ध मानिने रुरुक्षेत्रमा उत्पादन घटेको हो ।

यहाँको लिची बुटवललगायतका शहरमा बिक्री गर्ने गर्थे । अहिले फल नलाग्ने र लागेको फलमा कीरा लाग्ने समस्याले गर्दा करोडौंको नोक्सानमा परेको कृषक बताउँछन् ।

३ वर्षअघिसम्म करोड बढीको लिची विक्री गर्ने र लिची गाउँ भनेर सबैले चिन्ने गरेको र अहिले लिची बजारका कृषक हरु लिचीको पुरानो अवस्था सम्झिन बाध्य भएको कृषक तारानाथ ज्ञवालीले बताए ।

‘जलवायू परिवर्तनको असर लिचीमा परेको छ,’ अर्का कृषक राधिका ज्ञवाली भन्छिन्, ‘लिचीलाई आवश्यक समयमा पानी परेन । दाना लाग्दा पानी परेपछि कीराको प्रकोप देखियो ।’

रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली कृषकको माग र आवश्यकताका आधारमा कार्यक्रम ल्याउने बताउँछन् ।

लिचीलाई पुनः मुख्य आम्दानीको स्रोत बनाएर कृषकलाई राहत दिलाउने बताए ।

प्रतिक्रिया दिनुहोस्