Logo
Logo

भारतले घटायो इन्धनको मुल्य, नेपालमा के हुन्छ ?



काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले पठाएको मूल्यसूची अनुसार इन्धनको मूल्य घटेको छ ।

आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको हो ।

हाल अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल (१५९ लिटर) कच्चा तेलको मूल्य (ब्रेन्ट क्रुड आयल) १०१ डलरमा कारोबार भइरहेको छ ।
गत वर्ष फागुन २४ मा कच्चा तेलको मूल्य हालसम्मकै उच्च, प्रतिब्यारेल १२३ डलरभन्दा धेरै थियो । त्यो बेलाको भाउभन्दा अहिले करिब २२ डलर कम भइसकेको छ । यसैअनुसार आइओसीले शनिबार नेपाललाई नयाँ मूल्य पठाएको हो ।

भारतबाट मूल्य घटेर आएपनि नेपाली बजारमा घटाउनेबारे कुनै छलफल नभएको निगमले जनाएको छ । निगमको घाटा बाँकी नै रहेकाले भाउ कम गर्न सक्ने अवस्था नरहेको प्रवक्ता विनितमणि उपाध्यायको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्