Logo
Logo

स्वास्थ्य बीमा बोर्ड : साढे ९ अर्ब भुक्तानी



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले २०७८/७९ मा ९ अर्ब ५३ करोड ४८ लाख रूपैयाँ भुक्तानी गरेको छ ।

बोर्डमा सूचीकृत सेवा प्रदायक संस्थाले बीमा कार्यक्रममा आवद्ध बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउँछन् । हाल बोर्डमा ४४९ वटा सेवा प्रदायक संस्था सूचीकृत छन् ।

बोर्डको असार ३० गते बसेको बैठकले सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आशिंक पेस्की फर्छौट गर्ने निणर्य गरेको थियो ।

बोर्डसँग सम्झौता भएका सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा पुर्याएका सेवाग्राहीको उपचार प्याकेजसहित एक हप्ताभित्र निर्दिष्ट गरिएको ढाँचामा दाबी प्रविष्ट हुने गरेको र त्यसको मूल्याङ्कनपश्चात् भुक्तानी प्रक्रिया अवलम्वन गरिन्छ ।

प्रतिपरिवार(५जनासम्म) ३५ सय रूपैयाँ योगदानको आधारमा १ लाख रूपैयाँसम्मको स्वास्थ्य सेवा र थप परिवार सदस्य ७ सय रूपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य २० हजार रूपैयाँ बराबरको सेवा सुविधा थपिने प्रावधान छ ।

स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा २ लाख रूपैयाँ (१० जनाको परिवार सदस्य) छ ।

प्रतिक्रिया दिनुहोस्