Logo
Logo

प्रतिरोध कार्कीको ‘घामको पहाड’ कविता संग्रह सार्वजनिक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ असार ।
कवि तथा पत्रकार प्रतिरोध कार्कीको कविता संग्रह ‘घामको पहाड’ सार्वजनिक भएको छ ।
संग्रहमा ३३ वटा कविता रहेका छन् । राष्ट्रियता, सशस्त्र द्धन्द, मानवीय संवेदना तथा स्वतन्त्रता जस्ता विषयलाई कविताको विषयवस्तु बनाएका छन् । संग्रहमा ३३ वटा कविता रहेका छन् । राष्ट्रियता, सशस्त्र द्धन्द, मानवीय संवेदना तथा स्वतन्त्रता जस्ता विषयलाई कविताको विषयवस्तु बनाएका छन् ।


साहित्यको मुलबाटो मानिएको कविता साहित्य कविता लेखन कलाको रूप र साहित्यको एक विधा हो । कवितालाई शब्दहरूका गुण, तिनका लम्बाई र ध्वनि, अनि तिनका अर्थहरूका माध्यमले कलात्मक बनाइएको हुन्छ । त्यसमै आधारित रहेर कार्कीका गद्य कविताहरुको संग्रह प्रकासित भएको हो ।
संग्रहित घामको पहाडमा भाषा विचार आदान प्रदानको सशक्त माध्यम भएकाले भाव अभिव्यक्तिको माध्यम कवितालाई बनाइएको छ । पत्रकारितामा समेत आबद्ध रहेका कार्कीको सो कविता संग्रह आकृति प्रकृति प्रकाशनले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्