Logo
Logo

दैलेखमा ट्याकींमा डुबेर २ बालबालिकाको मृत्यु



सुर्खेत । दैलेखमा पानी ट्याकींमा डुवेर २ बालबालिकाको मृत्यु भएको छ ।

दुल्लु नगरपालिका–३ सियालाका बखत महतका छोरा दिनेश र छोरी अनिताको कर्णाली–कोटाछाल–दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्की बोडघाटमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले बताए ।

सोमबार दिउँसो ४ बजे उनीहरु डुबेकाे अवस्थामा मृत भेटिएको उनले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्