Logo
Logo

गौरिगञ्ज नाका खुलाउन छलफल



दमक । झापाको गौरीगञ्ज नाका खुलाउन नेपाल र भारतका भन्सार अधिकारीबीच छलफल भएको छ ।

उक्त नाकालाई सहज बनाउँदै दुई देशको व्यापार वृद्धि गर्ने विषयमा २ देशमा अपिधकारी सहमत भएका हुन् । नेपाल–भारत व्यापार सन्धि र पारवहन सन्धि परिमार्जनको फ्लोअप अन्तर्गत् गौरीगञ्जमा भएको तेस्रो बैठकले यस्तो निर्णय गरेको हो ।

छोटी भन्सारका रूपमा रहेको गौरीगञ्ज नाकालाई स्तरोन्नति गर्ने विषय बारम्बार उठ्दै आएको छ । भारतीय भन्सार अधिकारी सहायक आयुक्त ज्ञानसिंह तिग्गा र मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख केशवराज ओलीको नेतृत्वमा संयुक्त सर्वेक्षण भएको थियो ।

ब्यापार र पारवहनका लागि भारतको फत्तेपुरदेखि नेपालको गौरीगञ्जसम्म उपलब्ध सडक र अन्य पूर्वाधारको पूर्ण सुविधा उपयोग गर्ने उक्त निर्णयमा उल्लेख छ ।

‘दुवै पक्षले भारतको फत्तेपुरदेखि नेपालको गौरीगञ्जसम्मको स्थलमार्गबाट व्यापार सुरु गर्न सहमति जनाएका छौँ,’ निर्णयमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्