Logo
Logo

विद्युतीय चुल्होका लागि साढे २ अर्ब अनुदान


2.1k
Shares

काठमाडौं । विद्युतीय चुल्हो प्रवर्द्धनका लागि संयुक्त राष्ट्र संघले नेपाललाई साढे २ अर्ब बढी अनुदान पाउने भएको छ ।

राष्ट्र संघअन्तर्गतको ग्रिन क्लाइमेट फन्ड (जीसीएफ)ले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई २ करोड ११ लाख २० हजार डलर (२ अर्ब ५५ करोड रुपैयाँ) अनुदान दिन लागेको हो । विशेष गरी नेपालको तराई क्षेत्रमा विद्युतीय चुल्होको प्रवर्द्धन गर्न सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ ।

करिब १० लाख घरधुरीलाई विद्युतीय चुल्हो दिने कार्यक्रमको लक्ष्य छ । पहिलो चरणमा ५ लाख घरधुरीले विद्युतीय चुल्हो पाउने छन् । यस अन्तरगत १० हजार बायोग्यास प्लान्ट जडान गर्ने योजना पनि छ ।

केन्द्रले तराईका नगर तथा गाउँपालिकासँग सहकार्य गरेर कार्यक्रम गर्ने छ । नेपालले इन्धनको खपत कम गर्न साथै बिजुलीको खपत बढाउने उद्देश्यले विद्युतीय चुलो प्रवर्द्धनमा काम गरिरहेको छ ।

सम्झौतामा केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारी र जीसीएफको मिटिगेसन एण्ड एडापटेसन डिभिजनका निर्देशक जर्मन भेलास्क्वेजका तर्फबाट भेरोनिका गाल्मेजले हस्ताक्षर गरेका थिए ।

डा. अधिकारीले यो परियोजनाले स्वच्छ इन्धन र खाना पकाउने प्रविधितर्फ सर्ने नेपालको प्रयासलाई टेवा दिने बताए ।

यो कार्यक्रमबाट ६.५१ मिलियन टन कार्बन घटाउने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्