Logo
Logo

लुम्बिनी विकास बैंकको सिइओ बोहराले गरे पुनः पदबहाली


189
Shares

काठमाडौं । लुम्बिनी विकास बैंकले दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नरेशसिंह बोहरालाई साउन २ गतेबाट लागू हुने गरी ४ बर्षका पदावधिसहित नियुक्तीपश्चात एक कार्यक्रमबीच बोहराले पद बहाली गरेका छन् । उक्त पदबहाली कार्यक्रममा बैंकका सञ्चालक समितिका मनोनित अध्यक्ष प्रविणकृष्ण श्रेष्ठ, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल, नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, विभागीय प्रमुख, शाखा प्रबन्धकलगायत कर्मचारीको उपस्थिती थियो ।

नरेश सिंह बोहराले बैंकको पहिलो कार्यकालमा उल्लेख्य सफलता हासिल गर्दै बैंकलाई एक उत्कृष्ट बैंकको रुपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनको कार्यकालमा बैंकको चुक्ता पु‘जी २.१० अर्बबाट वृद्घि भएर ३.२८ अर्ब पुगेको छ ।

बैंकको निक्षेप २२.९६ अर्बबाट बृद्घि भएर ४५.१४ अर्ब पुगेको छ भने बैंकको कर्जा लगानी २२.७५ अर्बबाट बृद्घि भएर ४१.१३ अर्ब पुगेको छ । उनको कार्यकालको ४ बर्षमा बैंकका शेयरधनीलाई कुल ६०.७५ प्रतिशत लाभांस वितरण गरिएको छ । बैंकको निष्कृय कर्जा ३.३४ प्रतिशतबाट घटेर १.६८ प्रतिशत कायम भएको छ भने शाखा सञ्जाल ६५ बाट बढेर सातवटै प्रदेशमा गरी ८६ पुगेको छ ।

बोहराले भारतको अग्रणी इलाहबाद विश्वविद्यालयबाट बिएस्सी र एमबिएसम्मको योग्यता उत्कृष्ट अंकका साथ पूरा गरेका छन् भने विगत २५ वर्षदेखि नेपालको बिभिन्न बैंक तथा वित्तीय संस्थामा रही सफलताका साथ काम गरेको अनुभव छ ।

व्यवस्थापन प्रशिक्षार्थीका रुपमा सन् १९९७ मा तत्कालीन नेपाल बंगलादेश बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरी माछापुच्छे« बैंकमा प्रबन्धकीय तहमा विभागीय प्रमुखको भूमिकासमेत निभाएका उनले तत्कालीन युनाइटेड फाइनान्समा महाप्रबन्धकको रुपमा र तत्कालीन नारायणी नेशनल फाइनान्समा प्रमुख कार्यकारी अधिकृत भूमिकामा साथै तत्कालीन देवः विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा पनि कुशलतापूर्वक भूमिका निर्वाह गरिसकेका छन् । उनको आगामी कार्यकालमा बैंकले अझै उन्नति र प्रगति गर्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्