Logo
Logo

निर्मला पन्त हत्या सम्वन्धि सङ्कल्प प्रस्ताव संसदमा दर्ता



काठमाडौँ, २५ पुस : नेपाली काङ्ग्रेसका सांसद डा डिला सङ्ग्रौलाले प्रतिनिधि सभामा निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा छलफल गर्न सङ्कल्प प्रस्ताव दर्ता गराउनुभएको छ । 



आज दर्ता गरिएको उक्त प्रस्तावमा कञ्चनपुरकी १३ वर्षीय बालिका पन्तको बलात्कारपश्चात् हत्या भएको घटनाको सत्यतथ्य पत्ता लगाउन विभिन्न आयोग बने पनि आयोगका प्रतिवेदन सार्वजनिक नभएको उल्लेख गरिएको छ । 

साथै घटनाको अनुसन्धानका नाममा लागुपदार्थ दुव्र्यसनी, मानसिक सन्तुलन ठीक नभएका र निर्दोष युवालाई यातना, विभिन्न आर्थिक प्रलोभन लगायतका आश्वासन दिई जबर्जस्ती जिम्मेवारी लिन लगाउने प्रहरी प्रशासनको क्रियाकलापले घटनालाई थप शङ्काको घेरामा ल्याएको जनाइएको छ । 

घटनामा पीडितले न्याय पाउनुको सट्टा थप अन्यायको शिकार हुँदै गइरहेको उल्लेख गर्दै सांसद डा सङ्ग्रौलाले सार्वजनिक महत्वको सो विषयलाई सरकारले अविलम्ब संसद्समक्ष पेश गरोस् भनी सङ्कल्प प्रस्ताव दर्ता गराएको जानकारी गराउनुभएको छ । 
(रासस)

प्रतिक्रिया दिनुहोस्