Logo
Logo

श्वेत गंगा हाइड्रो पावरको आईपीओ बिक्री खुला


4k
Shares

काठमाडौं । श्वेत गंगा हाइड्रो पावरले आज सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न लागेको हो।

जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १९ हजार ४७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २२ लाख ७० हजार २५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

उक्त सेयरमा साउन ८ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्