Logo
Logo

३२ जना एसएसपीमा बढुवा, दर्जन जिल्ला नेतृत्वविहिन


82k
Shares


काठमाडौं । नेपाल प्रहरीका ३२ एसपी एसएसपीमा बढुवा भएका छन् । २५ असारमा उनीहरुको सिफारिस भएकोमा मंगलबार गृह मन्त्रालयले बढुवाको निर्णय गरेको हो ।


उनीहरुको बढुवासँगै करिब दर्जन जिल्ला रिक्त भएका छन् । बारा, रौतहट, मकवानपुर, कपिलवस्तु, कपिलवस्तु, पश्चिम नवलपरासी, डोटी लगायत जिल्लामा रिक्त भएका हुन् । बाराका दिलिपसिंह देउवा, रौतहटका बिनोद घिमिरे, मकवानपुरमा सुरेन्द्र गुरुङ, कपिलवस्तुका दानबहादुर कार्की, पश्चिम नवलपरासीका मनोज कुमार यादब, डोटीका शारदा प्रसाद चौधरी बढुवा भएका हुन् । बढुवा भएकालाई बुधबार दज्र्यान्ही चिन्ह लगाउने कार्यक्रम छ ।


त्यस्तै, कास्की जिल्लामा पनि खाली भइसकेको छ । बाँके, सुर्खेत, पाल्पा लगायत जिल्लाका एसपीको पनि अवधि पुगेको छ । रिक्त हुने जिल्लामा कृष्ण कोइराला, दिलिप घिमिरे, अजय केसी, आभूषण तिमल्सिना, दीपशमशेर जबरा, सन्तोषसिंह राठौर, होबिन्द्र बोगटी, श्याम कुमार महतो, सुदर्शन कोइराला, सविन प्रधान, गंगा पन्त, कमल थापा लगायत मुख्य दाबेदार छन् । तर, प्रधानमन्त्री र गृहमन्त्री निकट बिचौलियाहरु जिल्ला पठाउने भन्दै पैसा उठाउन थालेका छन् । जिल्ला इन्चार्जको न्यूनतम दररेट १० लाख राखिएको छ । जसले धेरै पैसा बुझाउँछ उही जिल्ला जाने अवस्था छ । बढुवामा अस्वस्थ खेल भएकाले नै दर्जन जिल्ला रिक्त हुँदा पनि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सरुवा निकाल्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्