Logo
Logo

काभ्रेमा नदीले बगाउँदा ३ जना बेपत्ता


504
Shares

काठमाडौं । काभ्रेमा नदीले बगाउँदा तीनजना बेपत्ता भएका छन्।

नदीले बगाउँदा तेमाल गाउँपालिका–३ चौथलीका ११ वर्षीय समीर माझी, ८ वर्षीय कान्छो माझी र रोशी गाउँपालिका ३ का ४५ वर्षीय ज्ञानबहादुर लामा बेपत्ता भएका हुन्।

समीर र कान्छो सुनकोशी नदीमा पौडी खेल्ने क्रममा हिजो बेपत्ता हुन् । उनीहरुलाई राति अबेर सम्म खोज्दा पनि फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरि खतिवडाले जानकारी दिए।

त्यस्तै रोशी ३ का लामालाई हिजो भैँसी चराउन गएको बेला रोशी खोलाले बगाएको थियो। उनलाई पनि फेला पार्न नसकेको डीएसपी खतिवडाले बताए। प्रहरी टोली तीनै जनाको खोजी कार्यमा बिहीबार बिहानैदेखि जुटेको उनको भनाइ छ।

निरन्तर पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्