
काठमाडौं । बर्दियामा माछा पोखरीमा डुबेर २ जनाको मृत्यु भएको छ ।
बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहास्थित माछापोखरीमा डुबेर सोही ठाउँ बस्ने ९ वर्षीय भुवन भण्डारी र ८ वर्षीय युवराज बोहराको मृत्यु भएको हो ।
पोखरीको छेउमा खेल्ने क्रममा अचानक डुबेर अशक्त भएका उनीहरूको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।











